अस्ट्रेलियाका चर्चित पूर्व बलर शेन वार्नको निधन

डिसी नेपाल
२१ फागुन २०७८ ६:२०
196
Shares

बीबीसी। अस्ट्रेलियाका पूर्व लेग स्पिनर शेन वार्नको सम्भावित हृदयाघातका कारण निधन भएको छ। संसारकै महान् क्रिकेट खेलाडीहरूमा पर्ने वार्न ५२ वर्ष उमेरका थिए।

उनले टेस्ट क्रिकेटमा १५ वर्षभित्र १४५ खेलमा ७०८ विकेट लिएका थिए – जुन हालसम्मकै दोस्रो सबभन्दा धेरै हो।उनको व्यवस्थापन कम्पनीका अनुसार शुक्रवार उनलाई थाइल्यान्डको कोह सामुइस्थित उनकै घरमा अचेत अवस्थामा पाइएको थियो।

“निकै दु:खका साथ हामी भन्दैछौँ कि शेन किथ वार्नको सम्भावित हृदयाघातका कारण निधन भएको छ,” कम्पनीले भनेको छ। मेडिकल स्टाफको निकै प्रयासले पनि उनलाई बचाउन नसकिएको उसले उल्लेख गरेको छ।

उनले सन् १९९९ मा एक दिवसीय विश्वकप उपाधि जितेका थिए भने सन् १९९३ देखि सन् २००५ बीचमा खेलेको १९४ एकदिवसीय खेलहरूमा २९३ विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २००७ मा सन्यास लिएपछि उनले सन् २०१३ सम्म विभिन्न फ्रान्चाइज ट्वेन्टीट्वेन्टी खेल खेलेका थिए। पछिल्लो समय उनी कमेन्टेटरको रूपमा नियमित देखा पर्ने गर्थे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *