युक्रेनमाथिको हमला विश्व कुटनीतिको असफलताः परराष्ट्रविद डा. शम्भुराम सिम्खडा
काठमाडौं। परराष्ट्रविद तथा पूर्व राजदूत डा. शम्भुराम सिम्खडाले युक्रेन माथि रुसको हमला हुनुमा विश्व कुटनीति असफल भएको बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा बोल्दै सिम्खडाले युद्ध हुनुको प्रमुख कारण नै कुटनीति असफल भएको बताएका छन्।
उनले भने ‘ह्वेन डिप्लोमेसी फेल्स, वार बिगिन्स’अर्थात् कुटनीति असफल हुनु नै युद्धको सुरुवात हो । यो हुनुमा सबैभन्दा पहिले त युक्रेनकै कुटनीतिको असफलता हो। किनभने सबैभन्दा क्षती युक्रेनलाई नै भएको छ। दोस्रो कुरा रुसको कुटनीतिको असफलता हो। त्यो के हो भने त्यति नजिकको छिमेकी देश त्यसमाथि पनि अधिकांक्ष युक्रेनीको पूर्वी भूभागमा रुसी भाषा बोल्ने नागरिकहरु बस्छन्।’
‘त्यस्तो देशमाथि आक्रमण नै गर्नुपर्ने अवस्था आउनु भनेको रुसी कुटनीतिको पनि असफलता हो। र त्यसको साथ साथै विश्व कुटनीतिको पनि असफलता हो’ सिम्खडाले अगाडि भने ‘किनभने दोस्रो विश्वयुद्धपछि संसारमा आगामी पुस्तालाई युद्धको पीडाबाट मुक्ति दिने उद्देश्यका साथ नै संयुक्त राष्ट्रसंघको स्थापना भएको छ। त्यसकारण अहिले यो खाले युद्ध हुनुको कारण संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो असफलता हो।’







डिसी नेपाल








Facebook Comment