वीर गणेशमान स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधि देउरालीलाई
भक्तपुर । मध्यपुरथिमिमा सम्पन्न नेपाली कांग्रेसका सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधि बानेश्वरको देउराली डोजोले हात पारेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौँ उपत्यका एवं काभ्रेव्यापी आमन्त्रण कराते तथा किक बक्सिङ प्रतियोगितामा देउराली डोजोले नगद रु २० हजारसहित ट्रफी हात पारेको मध्यपुर सितेरियो कराते डोजोका अध्यक्ष कालुराम धेकेले जानकारी दिए ।
देउराली डोजोले नौ स्वर्ण, छ रजत र तीन कास्यसहित प्रथम स्थान हासिल गरेको छ भने प्रतियोगितामा छ स्वर्ण, छ रजत र पाँच कास्यसहित भक्तपुर मेन डोजो दोस्रो तथा एक स्वर्ण, चार रजत र सात कास्य पदकसहित मध्यपुरथिमि डोजो तृतीय भएको छ । समापन कार्यक्रममा दोस्रो हुनेलाई रु १० हजारसहित ट्रफी र तेस्रो हुनेलाई नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरेको छ ।
प्रतियोगितामा उदीयमान खेलाडी प्रज्ञा गुरुङ, अनुशासित टिममा नगदेश डोजो, कञ्चन नेपालीले उत्कृष्ट महिला खेलाडी, विद्या आर्जन स्कुलका सुलभ भुजुले उत्कृष्ट खेलाडीले माउन्टेन बाइक पुरस्कार प्राप्त गरेको छ । कार्यक्रममा बागमती प्रदेश भौतिक योजनामन्त्री कृष्णलाल भँडेलले खेलाडीलाई पुरस्कार प्रदान गर्दैै स्वास्थ्यका लागि मात्र नभएर देशका लागि खेलकुद भन्दै खेलको विकासमा तीन तहकै सरकारले लगानी गर्नुपर्ने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment