चेल्सी र एस्टन भिल्लाको सहज जित

डिसी नेपाल
२२ फागुन २०७८ ६:२९
36
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन्। शनिबार राति भएकाे खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले हरायो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक -एक गोल गरे।

जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ। बर्नली २१ अंक जोडेर १८ औं स्थानमा छ। अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले हरायो । ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३-१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० तथा न्युकासलले ब्राइटनलाई २-१ अन्तरले हरायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *