इंग्लिस प्रिमियर लिग : लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

डिसी नेपाल
२२ फागुन २०७८ ६:४०
400
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे।

जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ। शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ । पराजित वेस्ट ह्याम २८ खेलबाट ४५ अंक सहित पाँचौ स्थानमा छ।

सिटीले आज बेलुकी म्यानचेस्टर युनाइटेडसंग खेल्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *