सुकौरामा खानेपानी मर्मतपछि ३ सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था

डिसी नेपाल
२२ फागुन २०७८ ६:५३
40
Shares

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पिउने पानीको व्यवस्था गरिएको छ।

त्यहाँ सञ्चालनमा रहेको पुरानो जीर्ण खानेपानी योजनालाई मर्मत गरिएपछि स्वच्छ खानेपानी आपुर्ति हुन थालेका हुन्। खानेपानी योजना वडाको आर्थिक बर्ष २०७८-०७९ को वडागत बजेट अन्तरगत मर्मत गरिएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए।

वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयबासीको सहयोगबाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको वडाध्यक्ष राईले बताए।

खानेपानी मर्मत सम्भारको काम वडाध्यक्ष सहित स्थानीयबासीले श्रमदान गरि मर्मत गरेका थिए। एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार गरिएको खानेपानी समिति सुकौराले जनाए।

कार्यक्रममा समितिको योजना बजेट खर्चको सार्वजनिक परिक्षण समेत भएको छ। गत आर्थिक बर्ष निर्माण कार्य सम्पन्न भएको २० हजार लिटर क्षमता बराबरको ट्याङ्किबाट पानी वितरण कार्य समेत भएको छ । वितरण प्रणाली मार्फत नै करिब ३ सय घरधुरिलाई स्वच्छ पिउने पानी व्यवस्था भएको समितिका अध्यक्ष बलबहादुर कटुवालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.