सशस्त्रमा १७ वर्षदेखि रोकिएको बढुवाको जाम खुल्दै
काठमाडौं। सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवाको यसैसाताबाट खुल्ने भएको छ। गृहमन्त्रालयले सशस्त्र प्रहरीमा १ सय १२ दरवन्दी थपिएपछि लामो समयदेखि बढुवा कुरेर बसेका अधिकृतहरुको जाम खुल्न लागेको हो।
‘सशस्त्र प्रहरी अधिकृत तहमा दरवन्दी थपिएपछि १७ वर्षदेखि बढुवा कुर्दै बसेका प्रहरी अधिकृतहरुको बढुवाको तयारी हुँदैछ’, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) कमलप्रसाद तिउसिनाले भने। उनका अनुसार यो प्रकृया माथिल्लो तहबाट शुरु भैसहेको छ।
सशस्त्रमा डिआइजीका दुई, एसएसपीका दुई, एसपीका २२, डिएसपीका ५४, इन्स्पेक्टरका १० र सइका २२ पद थपिएसँगै बढुवा प्रकृया शुरु भएको हो। गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र डिआइजी राजु अर्याल सदस्य रहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएण्डएम)को सिफारिस अनुसार दरबन्दी मिलान गरी अधिकृत तहको वृत्ति विकासका लागि दरवन्दी मिलान गरिएको हो।
सशस्त्र प्रहरीका तल्लो तहका एक सय ७४ पद कटौती गरी अधिकृत तहका एक सय १२ दरबन्दी थपिएपछि अधिकृत तहमा देखिएको निराशालाई कम हुने विश्वास सशस्त्र प्रहरीले गरेको छ। सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी सरकारले पद समायोजन गरेसँगै बढुवा लागि रोष्टरमा रहेका प्रहरी निरीक्षकहरुलाई डिएसपीमा बढुवाका लागि बाटो खुलेको छ।सिसं ६ र ७ का प्रहरी निरीक्षकहरु डीएसपी बन्ने बाटो खुलेको छ।
सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले आाफू अवकाशमा जान लाग्दा संगठनको वृत्तिविकासलाई ध्यान दिएर दरवन्दी थप गरेका हुन्। नेपाल प्रहरीको सीमा सुरक्षा र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका लागि एक-एक एआइजीको दरवन्दी आवश्यक रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।
सशस्त्रमा डिआइजीका दुई, एसएसपीका दुई, एसपीका २२, डिएसपीका ५४, इन्स्पेक्टरका १० र सइका २२ पद थपिएसँगै बढुवा प्रकृया शुरु भएको हो। गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र डिआइजी राजु अर्याल सदस्य रहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएण्डएम)को सिफारिस अनुसार दरबन्दी मिलान गरी अधिकृत तहको वृत्ति विकासका लागि दरवन्दी मिलान गरिएको हो।
सशस्त्र प्रहरी बलका अनुसार दरवन्दी मिलानसम्बन्धी मन्त्रिपरिषद्को निर्णय आइतबार मुख्यालय पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव पोखरेलका अनुसार माथिल्लो तहमा देखिएको समस्यालाई समाधान गर्न दरवन्दी मिलान गरिएको र सो को जानकारी सशस्त्र प्रहरी बललाई दिइएको बताए। थपिएको दरवन्दीमा स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङ उपसमूहतर्फ डिआइजीका एक-एक पद छन्।
सशस्त्र प्रहरीमा दुई एआइजीको दरवन्दी थपका लागि पनि पहल शुरु भएको छ। गृहका सहसचिव पोखरेल नै संयोजक रहेको ओएण्डम समितिले एआइजीका लागि गृहकार्य भैरहेको छ। मन्त्रालय स्रोतका अनुुसार अहिले नै दुई एआइजीको दरवन्दी थप्ने कि नथप्ने भन्ने बारेमा छलफल चलिरहेको छ। त्यसअघि नै सशस्त्र प्रहरीले थपिएका दरवन्दीमा बढुवाको प्रकृया अघि बढाउने देखिएको छ।
थपिएको दरवन्दीमा मन्त्रिपरिषद्बाट निर्णय गराउँदा प्रशासनतर्फ थप्न प्रस्ताव गरिएको दरबन्दी घटाएर प्राविधिकतर्फ थपिएको स्रोतको दावी छ। साधारण समूह (प्रशासन उपसमूह)तर्फ २० एसपी र ४४ डिएसपीको दरबन्दी थप्न प्रस्ताव भएको थियो।
तर, १६ एसपी र ३७ डिएसपीको दरबन्दी थप्ने निर्णय भएको छ। एसपीको चार दरबन्दी कटाएर तीन लेखा र एउटा इन्जिनियरिङतर्फ थपिएको स्रोतले जनाएको छ। त्यस्तै, डिएसपीतर्फ प्रशासनतर्फका सात दरबन्दीमध्ये चार इन्जिनियरिङ र तीन स्वास्थ्यमा लगिएको छ।
गृह मन्त्रालयले सर्वेक्षण गर्दा लेखामा एसपीको दरबन्दी थप्ने प्रस्ताव थिएन। प्राविधिकतर्फका कर्मचारीको दबाबमा प्रशासनतर्फ थप्न प्रस्ताव गरिएको दरबन्दी मन्त्रिपरिषद्बाट हेरफेर भएपछि लेखा समूह बलियो बनेको छ।
निजामती कर्मचारीमा कानुन समूहबाट प्रशासनतर्फ छिरे जस्तै गरी सशस्त्र प्रहरीमा पनि लेखा समूहका अधिकृतहरुले चलखेल गरेपछि प्रशासन समूहलाई वृत्ति विकासमा अप्ठेरो परेको छ। केही समय अघि सशस्त्र प्रहरी बलले लेखा समूहलाई खारेज गर्न सिफारिस गरेको भएपनि सो समूहका अधिकारीहरुले चलखेल गरेको र गृहमन्त्रीलाई समेत प्रभावित बनाएपछि सो सिफारिस कार्यान्वयन भएको थिएन।







डिसी नेपाल








Facebook Comment