भक्तपुरको रानी पोखरीमा पर्यटकको घुइँचो (फोटो फिचर)
भक्तपुर। भक्तपुरको पर्यटकीय केन्द्र रानी पोखरीमा घुमघाम गर्नेहरुको भिड बढेको छ । नेपाली सेनाको कब्जामा रहेको उक्त रानी पोखरी पुन: निर्माण गरी पर्यटक तथा सर्बसाधारणहरुको लागि खुल्ला गरेसँगै घुम्न आउनेको भिड बढेको हो।
रानी पोखरी खुल्ला भएसँगै उक्त क्षेत्र घुम्नका लागि जिल्ला र जिल्ला बाहिरबाट पर्यटकहरु आउन थालेका छन्। १५ सय रोपनी ५ आना २ पैसामा रहेको रानीपोखरीको उत्तरमा तीन सय ७७ फिट, दक्षिणमा तीन सय ७६, पूर्वमा दुई सय २१ फिट र पश्चिममा दुई सय २० फिट रहेको छ।
सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरमा रहेको उक्त रानी पोखरी २०४० सालमा सैनिक तालिम केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएसँगै सुरक्षाको कारण देखाउँदै आवतजावत गर्न बन्द गरिएको थियो।
यो भन्दा आगाडी रानी पोखरी वर्षको दुई दिन दिगु पूजा (कूलदेवताको पूजा) गर्नको लागि खुल्ने गरिएको थियो।
भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा पोखरी बनाउन लगाएको बताइएको छ। त्यसको करिब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए। भक्तपुर नगरपालिकाको पहलमा सर्वसाधारणका लागि पुनः खुल्ला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण कार्य भएको हो।
हेर्नुहोस् फोटो :









No ads found for this position


Facebook Comment