२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित

डिसी नेपाल
२२ फागुन २०७८ १४:१२
92
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए। एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *