नागरिकता विधेयक पारितको माग गर्दै ढल्केबरमा प्रदर्शन

डिसी नेपाल
२३ फागुन २०७८ २१:४५
88
Shares

ज्नकपुरधाम । अंगकृत नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने माग गर्दै धनुषा प्रर्दशन गरिएको छ ।

लामो समयदेखि संसदमा रहेको नागरिकता विद्येयक तत्काल पारित हुनुपर्ने माग गर्दै धनुषाका ढल्केवरस्थित सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरि प्रदर्शन गरेका छन् ।

‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दे’ लगायतका नारा उल्लेखित ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

पछि प्रदर्शनको क्रममा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरी टोलीले नागरिकता विहिन सङ्घर्ष समिति नेपालका केन्द्रीय संयोजक जित साफीसहित तीन जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा नागरिकता विहिन संघर्ष समितिका संयोजक साफी, रविन्द्र कुशवाहा र अशोक साह रहेका छन् ।

प्रदर्शनको नाउँमा चक्का जाम गरेपछि उनीहरुलाई पक्राउ गरि दुई घण्टापछि रिहा गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।

संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट समेत नागरिकता दिनु पर्ने मागसहित दवाव मुलक सातदिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *