संखुवासभामा बस दुर्घटना : १४ जनाकाे मृत्यु (अपडेट)
संखुवासभा। संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ। मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे । पाँच जना घाइते भएका छन्।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ। दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे दुर्घटना भएको थियो ।

बिहीबार बिहान साढे सात बजे मादी-६ को सातघुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment