आज १७ राजनीतिक दलसँग निर्वाचन आयाेगकाे छलफल

डिसी नेपाल
२७ फागुन २०७८ ७:५१
36
Shares

काठमाडाैं। स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयाेगले राजनीतिक दलहरुसँग छलफल थालेकाे छ। ३० वैशाखमा तय भएकाे निर्वाचनका सन्दर्भमा आयाेगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बाेलाएकाे हाे।

आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार निर्वाचनका लागि आयाेगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *