चीनका प्रधानमन्त्रीले मार्चमा राजीनामा दिँदै
बेइजिङ।चीनका प्रधानमन्त्री ली खछ्याङले आगामी मार्चमा आफ्नो कार्यकाल सकिएपछि पदबाट राजीनामा दिने बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको वरिष्ठताको रोलक्रममा दोस्रो नम्बरमा रहेका नेता ली सन् २०१३ देखि प्रधानमन्त्री छन् । ‘म प्रधानमन्त्री हुने यो अन्तिम वर्ष हो,’ पत्रकार सम्मेलनमा उनले भने ।
आगामी पाँच वर्षका लागि नेताहरू छनोट गर्न यस शरद ऋतुमा हुने पार्टी बैठकमा राष्ट्रपति सी जिनपिङ पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ ।
सन् २०१५ चीनले राष्ट्रपति पद धारण गर्नेका लागि दुई कार्यकालको सीमा घटाउन आफ्नो संविधान संशोधन गरेको थियो ।पार्टी नेताहरुले आगामी प्रधानमन्त्री छनौट गर्न सक्छन
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment