बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने, लामा बाहिरिए

डिसी नेपाल
२९ फागुन २०७८ ७:०२
284
Shares

सिन्धुपाल्चोक। नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ। शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे।

पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३ (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो।

अब जंगबहादुर र वंशलालबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुने भएकाे छ। प्रेमध्वज बाहिरिएका छन्। कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *