प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, अपूर्ण क्रान्तिको पीडा दर्शाएको छ: बाबुराम भट्टराई
काठमाडाैं। प्रकाश सुपतकाे ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखाे टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेकाे बताएका छन्।
बरु उनले याे गीतले अपूर्ण क्रान्तिकाे पीडा दर्शाएकाे र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन्। गत शुक्रबार सार्वजनिक भएकाे गीतमा १० वर्ष सशस्त्र द्वन्द्वकाे नेतृत्व गरेकाे नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएकाे छ। तत्कालीन अवस्थामा लडाइँमा हाेमिएका छापामारकाे पीडा गीतमा पाेखिएकाे छ।
याे गीतमा वैदेशिक राेजगारीकाे पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएकाे छ। तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने ?’
No ads found for this position


डिसी नेपाल
Facebook Comment