रुसी सेनाको हमलामा भासेलकिभको हवाई आधार ध्वस्त
किभ। रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन्।
रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ। अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ। रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ।
रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ। रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ। हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण लिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment