कांग्रेस अछामः १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन
अछाम। नेपाली कांग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ। आज सदरमुका मंगलसैनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएकाे छ।
कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएकाे छ। आज मंगलसैन नगरपालिका, ५ चैतमा तृर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका,७ मा कमलबजार नगरपालिका, ८ मा पञ्चदेबल बिनायक नगरपालिका, ९ मा रामारोशन गाउँपालिका, १० मा वान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment