रुसले युक्रेनमा नयाँ सरकार बनाउन थाल्यो, स्थानीय सरकारमा नयाँ नियुक्ति
काठमाडौं। रुसी सेनाले युक्रेनमा नयाँ सरकार स्थापित गराउने अभ्यास सुरु गरेको बताइएको छ । युक्रेनको स्थानीय मिडियाले दिएको जानकारी अनुसार रुसको सेनाले आफ्नो नियन्त्रणमा आएको युक्रेनी सहर मेलितोपोलमा नयाँ मेयरको नियुक्ति गरेको छ ।
यसअघि शुक्रबार दिउँसो रुसी सेनाले मेलितोपोल सहरका मेयर इभान फेडोरोभलाई अपहरण गरेको समाचार आएको थियो । रुसले नियुक्त गरेकी नयाँ मेयर र सहरको परिषदकी पूर्व डेप्युटी गलिना डेनिलचेंकोले एक टेलिभिजन प्रसारणमा आफ्नो मुख्य काम ‘यो नयाँ वास्तविकताको सामना गर्दै आधारभूत तन्त्रमा’ काम गर्नु भएको बताइन् ।
उनले सहरलाई चलाउन सकियोस् भनेर जनप्रतिनिधिहरुको एक समिति बनाइरहेको बताइन् । उनले जनतासँग अतिवादी गतिविधिमा भाग नलिन आग्रह गरिन् । उनले जनप्रतिनिधिहरुसँग भनिन् ‘हामीलाई जनताले चुनेको हो । हाम्रो पहिलो कर्तव्य उनीहरुको भलाइको लागि काम गर्नु हो । यो समितिसँग मेलितोपोल सहरको प्रशासनिक जिम्मेवारी हुनेछ ।’







डिसी नेपाल







Facebook Comment