प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी
काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन्। एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ।
एमाले विभाजनमा सभामुख सापकाेटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment