नेपालले आज पीएनजीसँग खेल्दैः नेपालले पहिले बलिङ गर्ने

डिसी नेपाल
२ चैत २०७८ १०:५७
64
Shares

काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ ।खेल युएईको सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।पीएनजीले टस जितेर ब्याटिङ रोजेको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजना सहित मैदानमा उत्रने छ ।

यसअघि नेपाल र पीएनजीको इतिहास हेर्दा एकदिवसीयमा  दुइ खेल खेलेको थियो।जसमा दुबै खेलमा नेपालले जित निकालेको थियो। त्यसैलेपनि नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रने छ।

विश्वकप लिग टु मा नेपालले खेलेको ८ खेलमा ८ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । पीएनजी भने १३ खेल खेल्दै अंक बिहिन रहँदै तालिकाको अन्तिम स्थानमा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *