नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दै

डिसी नेपाल
२९ मंसिर २०७५ ५:१२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। दिउँसो १ बजे सुरु हुने भनिएको स्थायी समिति बैठकमा प्रदेश समितिका सदस्यको नाम अनुमोदनदेखि सरकारको कार्यशैली समीक्षासम्मको अजेन्डा रहेको कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दा एकलौटी गरेको भन्दै माधवकुमार नेपाललगायतले फरक मत राखेका छन्। यस विषयमा पनि बैठकमा छलफल हुनेछ। गत जेठ ३ गते पार्टी एकता भए पनि नेकपाले सचिवालय, स्थायी समिति र केन्द्रीय समिति, प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र प्रदेश सदस्यबाहेक अन्य संरचना निर्माण गर्न सकेको छैन।

सांगठनिक संरचना निर्माण हुन नसक्दा पार्टीका सम्पूर्ण गतिविधि ठप्पप्रायः भएको भन्दै नेतृत्वको आलोचना हुने गरेको छ। प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बस्दै आएको भन्दै आलोचना भएपछि स्थायी समिति बैठक धुम्बाराहीमा बोलाएको श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *