एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने

डिसी नेपाल
७ चैत २०७८ १६:१२

काठमाडौं । एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो ।

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए ।

साेमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *