जिल्ला स्तरको संगठन संरचनाको लागि ५८ वटा दलहरुको विवरण प्राप्तः निर्वाचन आयोग

डिसी नेपाल
७ चैत २०७८ १९:५९

काठमाडौं । निर्वाचन आयोगले जिल्ला स्तरको संगठन संरचनाको लागि ५८ वटा दलहरुलको विवरण प्राप्त भएको जनाएको छ ।

त्यसरी प्राप्त भएका विवरण अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले सातवटै प्रदेश लगतयत १५ जिल्लामा निर्वाचन आचार संहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दल सरोकारवाला निकाय संस्था तथा पदाधिकारीसँग छलफल तथा अन्तरकृया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगका अनुसार ११२० नमम्बरको टोल फ्रि नम्बरमा मतदाता र नागरिकले जिज्ञासा र गुनासो राख्न सक्ने व्यवस्था गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *