गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्छः अध्यक्ष नेपाल

डिसी नेपाल
११ चैत २०७८ २१:०७
24
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर साझा उम्मेदवार चयन गर्ने बताएका छन् ।

शुक्रबार आयोजित महिला सङ्गठनको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले आगामी निर्वाचनमा देशभर गठबन्धनका साँझा उम्मेदवार तय हुने विश्वास व्यक्त गरे।

विदेशीहरूको दलाली गर्ने पार्टीसँग आफूहरूको कुनै पनि हालतमा तालेमेल नगर्ने बताउँदै उनले देश र जनताप्रति घात गरेकाले उनीहरूलाई चुनावमा जनताले दण्डित गर्ने ठोकुवा गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य र मान्यतालाई आफ्नो पार्टीले आत्मसात् गरेकाले देशभक्तहरू पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.