न्यायाधीशमा प्रस्तावित श्रेष्ठ संसदीय सुनवाई समितिमा उजुरी नपर्ने पहिलो न्यायाधीश

डिसी नेपाल
१२ चैत २०७८ ८:४२
688
Shares

काठमाडौं। संसदीय सुनवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि उजुरी परेको छैन।

गत बिहीबारसम्मको समयसीमा तोकेर संसदीय सुनवाई समितिले उजुरी आह्वान गरे पनि कुनै उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

‘अरुको सिफारिशहरुमा उजुरी नपरेको रेकर्डहरु त छन्, तर सर्वोच्चको न्यायाधीशको हकमा कुनै उजुरी नपरेको पहिलो न्यायाधीशको रेकर्ड भने श्रेष्ठजीले कायम गर्नु भएको छ,’ सभापति कर्णले भने। उनका अनुसार मंगलवार बस्ने सुनवाई समितिको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि लागि अनुमोदन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *