तेह्रथुममा कांग्रेस प्रचार अभियान सुरु
तेह्रथुम। निर्वाचन नजिकिँदै जाँदा जिल्लामा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सुरु गरेकाे छ। ६ वटा स्थानीय तह रहेको जिल्लामा एउटै पालिकामा मात्रै गत निर्वाचतमा जित पाएको कांग्रेसले आसन्न निर्वाचनमा सबै पालिका जित्ने तयारीकासाथ कार्यकर्ता भेटघाट सुरु गरेकाे हाे।
गत निर्वाचनमा कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) साथै संघीय सांसदसमेत गुमाएको थियो। यही ३० बैशाखमा हुन गई रहेको निर्वाचनमा सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघमा जित सुनिश्चत गर्न कंग्रेसले पार्टीका शुभेच्छुक र कार्यकर्ताहरुसँग भेटघाट र अन्तरकृया बढाउन थालेको हो।
अभियानमा केन्द्रीय सदस्य सिता सुरुङसहित महासमिति सदस्यहरु,महधिवेशन प्रतिनिधिहरु,जिल्ला सभापति पूर्व जिल्ला सभापतिलगायत जिल्ला, क्षेत्र,पालिका र वडास्तरका नेता तथा कार्यकर्ताहरु अभियानमा जुटेका छन्।







डिसी नेपाल








Facebook Comment