विश्वभरी आरआरआरको सुनामी, पहिलो दिन २५७ करोड कमाएर बाहुबलीलाई उछिन्यो
काठमाडौं। फिल्म आरआरआरले विश्वभरी धमाकेदार ओपनिङ पाएको छ । पहिलो दिन फिल्मले २५७ करोडको बिजनेस गरेको छ । यो कुनै पनि भारतीय फिल्मको सबेभन्दा ठूलो ओपनिङ डे कलेक्सन हो । विदेशमा पनि आरआरआरको सुनामी आएको छ । फिल्मले अस्ट्रेलियामा हलिउड फिल्म ब्याटम्यानलाई पनि उछिनेको छ । ओरसीजमा फिल्मले कूल ७८ करोड कमाएको छ ।
#RRRMovie creates HISTORY at the WW Box Office.
AP/TS – ₹ 120.19 cr
KA – ₹ 16.48 cr
TN – ₹ 12.73 cr
KL – ₹ 4.36 cr
ROI – ₹ 25.14 cr
OS – ₹ 78.25 cr [Reported Locs]Total – ₹ 257.15 cr
FIRST ever Indian movie to achieve this HUMONGOUS figure on the opening day.
— Manobala Vijayabalan (@ManobalaV) March 26, 2022
५५० भन्दा धेरैको बजेटमा बनेको यो फिल्मले आन्ध्र प्रदेश र अन्य तमिल राज्यहरुमा मात्र १२० करोड कमाएको छ । यो कुनै पनि राज्यको हिसाबले रेकर्ड कलेक्सन हो । ट्रेड एनालिस्ट मनोबाला विजयबालनले सामाजिक संजालमा पोस्ट शेयर गर्दै आरआरआरले पहिलो दिन २५७ करोडभन्दा धेरैको वर्ल्डवाइड कलेक्सन गरेको बताएका छन् । मनोबालाले फिल्मलाई ऐतिहासिक बताउँदै विश्वभरी पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको बताएका छन् ।
‘RRR’ OPENS TO RECORD NUMBERS IN AUS, NZ… #RRR OVERTAKES #TheBatman in #Australia, claiming the No 1 spot on Fri… #NZ is SOLID too…#Australia: A$ 702,560 [₹ 4.03 cr]#NZ: NZ$ 69,741 [₹ 37.07 lacs]#USA: Crosses $ 5 million [Thu previews + Fri, still counting]. @comScore pic.twitter.com/AHU7n3jwYo
— taran adarsh (@taran_adarsh) March 26, 2022
एसएस राजामौलीकै फिल्म बाहुबलीले पहिलो दिन ७५ करोड र बाहुबली २ ले पहिलो दिन २१७ करोड कमाएका थिए । यस हिसाबले आरआरआर ले बाहुबली २ को रेकर्ड पनि तोडिदिएको छ । आरआरआरको निर्देशन पनि राजामौलीले नै गरेका हुन् । मनोबाला विजयबालनका अनुसार यो फिल्मले आन्ध्र प्रदेश र तमिल राज्यहरुमा पहिलो दिन १२०.१९ करोड, कर्नाटकमा १६.४८ करोड, तमिलनाडुमा १२.७३ करोड र केरलमा ४.३६ करोड कमाएको छ । भारतका अन्य राज्यबाट २५.१४ करोड र विदेशबाट ७८.२५ करोड कमाएको छ ।
‘RRR’: IT’S A TSUNAMI… #RRR takes an EARTH-SHATTERING START in USA… Preview screenings [Thu]…
⭐️ #USA: $ 3,198,766
⭐️ #Canada: $ 270,361
⭐️ #NorthAmerica [#USA + #Canada]: $ 3,469,127 [₹ 26.46 cr]
⭐️ #UK: £ 238,313 [₹ 2.40 cr]
⭐️ #Australia, #NZ [Fri] PHENOMENAL.@comScore pic.twitter.com/z5Q3EyW1sS— taran adarsh (@taran_adarsh) March 25, 2022
तरण आदर्शले ट्वीट गर्दै फिल्मले अस्ट्रेलियामा पहिलो दिन सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको सूचीमा ब्याटम्यानलाई उछिनेर नम्बर १ स्थान हासिल गरेको छ । आरआरआरले अस्ट्रेलियामा पहिलो दिन ४.०३ करोड कमायो । फिल्मले बेलायतमा २.४० करोड, अमेरिकामा २४ करोड र क्यानडामा २ करोड कमाएको छ ।







डिसी नेपाल








Facebook Comment