नागरिकता दिनु सरकारको दायित्व होः अध्यक्ष यादव

डिसी नेपाल
१२ चैत २०७८ २२:१४
24
Shares

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा आज आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मधेसका कतिपय नागरिक अझै पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गरे । तराईमा जनसङ्ख्या धेरै भए पनि कुनै पनि निकायमा यहाँका नागरिकको प्रतिनिधित्व कम रहेको उनको भनाइ थियो ।

शिक्षा, आर्थिक र जातीय हिसाबले पछाडि परेका नागरिकलाई सरकारले लगानी गरी माथि उकास्नुपर्ने अध्यक्ष यादवले बताए ।

जसपाको अनुशासन आयोगका संयोजक नरसिंह चौधरी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव, प्रदेश अध्यक्ष अशोक यादवलगायतले पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *