देशको विकास र निकासका लागि कांग्रेसको जित आवश्यकः मन्त्री कार्की

डिसी नेपाल
१२ चैत २०७८ २२:३२
16
Shares

सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र निकासका लागि नेपाली कांग्रेस जित्नु आवश्यक रहेको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–३ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले कांग्रेसलाई विजयी गराउन आग्रह गरे । देशमा कांग्रेसको विकल्प नरहेको उनको भनाइ थियो ।

पार्टीको १४औँ महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर स्थानीय तहको निर्वाचनसहित तीनवटै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन उनले सबैलाई आग्रह गरे । कांग्रेस विजयी भए मात्र विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायत काम हुने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.