कुशलको निर्देशनमा लण्डनबाट रिलिज गरियो ‘मन मनै त हो’ (भिडियो)

डिसी नेपाल
१३ चैत २०७८ २१:४२
64
Shares

काठमाडौं । लण्डनलाई कार्यक्षेत्र बनाएर म्यूजिक भिडियामा जमेका चर्चित युवा निर्देशक हुन् कुशल श्रेष्ठ । संचारकर्म सँगसँगै म्यूजिक भिडियोको छायाङ्कन, सम्पादन र निर्देशनमा अब्बल मानिएका कुशलको निर्देशनमा तयार भएको पछिल्लो भिडियो हो ‘मन मनै त हो’ । ‘मन मनै त हो’ सहित कुशलको निर्देशनमा अहिलेसम्म ४० वटा भिडियो बजारमा आइसहेका छन् भने केही भिडियोहरुको छायांकन सम्पन्न भएर आउने क्रममा रहेका छन् ।

यही क्रममा शनिबार लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमका बीच ‘मन मनै त हो’ रिलिज गरियो । अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लण्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडियो बनाइएको छ । म्यूजिक भिडियोमा लण्डनका लोकप्रिय नायक ध्रुब दत्त र अमिका महतको अभिनय रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.