डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित
ललितपुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन्।
यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो।
डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्।
सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए। उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment