मानिसलाई वशमा पार्न यी अभिनेत्रीले यस्तोसम्म गरिन् ! आफैंले खोलिन् ‘कालो जादू’को रहस्य’
काठमाडौं। कंगना रनौतको शो लकअपमा सबै विवादित सेलिब्रेटीहरुको यस्तो रुप देखिँदैछ जसको बारेमा फ्यानहरुले सोचेका पनि थिएनन् । सेलिब्रेटीहरुले एकपछि अर्को ठूला खुलासाहरु गरिरहेका छन् । पछिल्लो समय कंगनाकी सबैभन्दा विवादित कैदी पायल रोहतगीले आफ्नो जीवनको यस्तो सत्य सार्वजनिक गरेकी छिन् जसलाई सुनेर जोकोही आश्चर्यमा परेका छन् ।
पायलले आफ्नो करिअर उचाइमा लैजानको लागि आफूले वशीकरण अर्थात अरु मानिसहरुलाई आफ्नो वशमा पार्ने तान्त्रिक क्रिया गर्ने गरेको खुलासा गरेकी छिन् । उनले भनिन् ‘म यो उद्योगमा १५ वर्षदेखि छु र एक समय यस्तो थियो जतिबेला मेरो करिअर ठिक चलिरहेको थिएन । मैले आफ्नो करिअरलाई माथि लैजानको लागि तान्त्रिक पुजा गरेकी थिएँ ।’
आफूले आफ्नो करिअर अगाडि बढाउन कालो जादुको सहारा लिएको खुलासा गर्दै उनले अगाडि भनिन् ‘मलाई लाग्दैन कुनै पनि पढेलेखेकी महिला वा कुनै व्यवसायिक व्यक्तिले यस्तो सोच्न पनि सक्छ कि करिअर अगाडि लैजानको लागि तान्त्रिक पुजा गरौं । यदि तपाइँले गर्नुहुन्छ भने पनि लुकेर गर्नुपर्छ ।’
पायलले खुलासा गर्दै भनिन् ‘एक किसिमको वशीकरण हुन्छ जो मैले गरिसकेकी छु । दिल्लीमा एक पुजारी थिए उनले मलाई भनेका थिए कि यस्तो मानिसको बारेमा सोच वा त्यो व्यक्तिको कुनै यस्तो चीज ल्याउ जसलाई नियन्त्रण गर्नु छ । यसरी मैले धेरै कुराहरु गरें तर केही पनि मेरो काम लागेन ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment