काठमाडौंमा ४० दल दर्ता हुँदा मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै निर्वाचनमा

डिसी नेपाल
१५ चैत २०७८ ७:५१
104
Shares

काठमाडौं। स्थानीय तहको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दल दर्ता हुँदा मनाङ, मुस्ताङ, डोल्पामा भने सबैभन्दा कम दल दर्ता भएका छन्।

आगामी ३० वैशाखको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी ४० दलले निर्वाचन आयोगमा दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५-५ दल मात्रै चुनावी मैदानमा होम्मिने भएका छन्।

निर्वाचन आयोगका अनुसार काठमाडौंपछि सबैभन्दा बढी दल दर्ता मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२-३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०-३० वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन्।

यसैगरी, १० भन्दा कम दल दर्ता हुने जिल्लामा सल्यान, बझाङ, रोल्पा, रुकुम पश्चिम, जाजरकोट ७-७, पाँचथर, जुम्ला, दैलेखमा ८-८, ताप्लेजुङ, डोटी, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला र बाजुरामा ९-९ वटा दलले निर्वाचनमा भाग लिने गरी दल दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.