मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य
फाइल फाेटाे।
काठमाडौं। त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो।
मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए। यसबाहेक कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले र करण केसीले समान दुई विकेट लिए। यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
यसअघि श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment