मुख्य शक्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौं : डा. भट्टराई

डिसी नेपाल
१७ चैत २०७८ १०:२३
136
Shares

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन्।

नेपालकाे छरछिमेकीकाे भूराजनीति बलियाे बनेकाे उनले बताए। भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्राे आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेकाे बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताए।

युक्रेनकाे घटना हाम्रा लागि ठूलाे पाठ हाे। मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.