मलेसियाविरुद्ध पीएनजीले टस जितेर बलिङ गर्दै

डिसी नेपाल
१८ चैत २०७८ १२:५६
60
Shares

काठमाडौं। नेपालमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ। कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ । यससँगै मलेसियाले सुरुवाती ब्याटिङ गर्दै छ ।

शृंखलामा मलेसिया दोस्रो जित निकाल्ने योजनामा छ । यता, पीएनजी भने पहिलो जितको खोजीमा छ। मलेसियाले २ खेलबाट २ अंक जोडेको छ । यता, पीएनजी भने विनाअंक पुछारमा छ ।

यता, नेपाल भने लगातार दुई खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ । नेपालले भोलि अन्तिम खेलमा पीएनजीको सामना गर्नेछ । आजको जितले भने मलेसियाले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *