आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित

डिसी नेपाल
१९ चैत २०७८ ६:५६
100
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ। गएराति पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले दोस्रो जित दर्ता गरेको हो।

पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो। कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ७० रनको शानदार इनिङ खेले। कप्तान श्रेयस आयरले २६ रन बनाए भने साम विलिङ्सले अविजित २४ रन जोडे। पञ्जाबमा राहुल चाहरले दुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबका लागि लागि भानुका राजपाक्षे ३१, कागिसो राबडा २५, लियाम लिभिङस्टोन १९, शिखर धवनले १६ रन जोड्दा हारप्रित ब्रारले १२ रन मात्र बनाए।

कोलकत्ताका उमेश यादवले ४ विकेट हात पारेका छन् भने टिम साउथीले २ विकेट लिए। यो जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हराएको थियो। दोस्रो खेलमा भने बैंगलोरसँग पराजित भएको थियो। कोलकोत्ता तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *