आइपीएल: गुजरात र राजस्थानको जित

डिसी नेपाल
२० चैत २०७८ ७:३३
108
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन्। गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो।

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। ललित यादवले २५, रोभमन पावेलले २० बनाए। गुजरातको जितमा लोक्की फर्गुसनले ४ तथा मोहमद शामीले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे। उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए । डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयले ३१, विजय शंकरले १३ रन बनाए।

अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई २३ रनले पराजित गरेकाे छ। १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो।

मुम्बईका तिलक बर्माले सर्वाधिक ६१ रन बनाए । इशान किसनले ५४ रनको योगदान गरे। राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो । राजस्थानका जोस बट्लरले १०० रन बनाए । सिमरन हिटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रनको योगदान गरे ।

मुम्बईका जस्प्रित बुम्रा र त्यामल मिल्सले समान समान ३ विकेट लिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *