एलिसा हिलीको १७० रनको ऐतिहासिक इनिङ, अस्ट्रेलियाले विश्वकपको उपाधि जित्यो

डिसी नेपाल
२० चैत २०७८ १४:२४
100
Shares

काठमाडौं । महिला विश्वकपमा अष्ट्रेलियाको टोलीले फेरि एकपटक आफ्नो दबदबा कायम गरेको छ । न्यूजिल्याण्डको क्राइस्टचर्चमा भएको फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलियाले सातौं पटक उपाछि जितेको हो । खेलमा अस्ट्रेलियाकी ओपनर एलिसा हिली र इंग्ल्याण्डकी ब्याटर नताली सिभरले शतक प्रहार गरे ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३५६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि एलिसा हिलीले १३८ बलमा १७० रनको उत्कृष्ट पारी खेलेकी थिइन् । जवाफमा इंग्ल्यान्डको टोली ४३.४ ओभरमा २८५ रनमा सिमित भयो । टोलीका लागि नताली सिभरले १२१ बलमा १४८ रनको अविजित इनिङ्स खेलिन् ।

खेलमा इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियन थियो । उसलाई उपाधि जोगाएर चौथो पटक उपाधि जित्ने चुनौती थियो । खेलमा टसले पनि इंग्ल्याण्डलाई साथ दिएको थियो । इंग्ल्याण्डकी कप्तान हेदर नाइटले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । तर, त्यसको फाइदा भने पाउन सकेनन् र अस्ट्रेलियाका ओपनर एलिसा हिली र रेचेल हेन्सले १६० रनको सुरुवात गराए ।

यससँगै एलिसा हिलीले १३८ बलमा १७० रनको कीर्तिमानी पारी खेलेकी छन् । यस क्रममा उनले २६ चौका प्रहार गरिन् । एलिसा महिला र पुरुषको कुनै पनि एकदिवसीय विश्वकपको फाइनलमा सर्वाधिक रन बनाउने क्रिकेटर बनेकी छिन् । यसअघि यो कीर्तिमान एडम गिलक्रिस्टको नाममा थियो, जसले २००७ को विश्वकपको फाइनलमा १४९ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *