भरतपुरको मेयर माओवादीले छोड्नेमा कांग्रेस ढुक्क

डिसी नेपाल
२१ चैत २०७८ १२:४४
136
Shares

काठमाडौं। नेपाली कांग्रेस चितवनले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ।

सोमवार बिहान जिल्लास्थित सत्तागठबन्धनको बैठकले जिल्लाको सात वटै तहमा चुनावी तलमेल गरेर जाने निर्णय गरेपनि भरतपुर महानगरको मेयरमा भने कुरा मिलेको छैन।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनालका अनुसार गठबन्धनलाई निरन्तरता दिँदै महानगरको प्रमुख कांग्रेसले पाउनुपर्ने बताएका छन्।

खनालका अनुसार केन्द्रीय सरकारमा जस्तै भरतपुर जिल्लामा पनि सत्तारुढ दलसँग गठबन्धन गर्ने तर गठबन्धनको प्रमुख बटमलाईन महानगरको प्रमुख कांग्रेसले राख्ने बताएका छन्।

अन्य तहहरुमा गठबन्धन दलको आपसी हार्दिकताका र गठबन्धन दलबीच बनेको संयन्त्रको आधारमा वस्तुस्थितिको अध्ययन गरि उम्मेदवार चयन गर्ने उनको भनाई रहेको छ। र चितवन कांग्रेसको महुमतको निर्णय सभापति शेरबहादुर देउवाले आत्मासाथ गर्ने खनालको विश्वास रहेको छ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन्। आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको अवस्था रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.