दिपेन्द्र सिंह ऐरी १ हजार टि–२० अन्तर्राष्ट्रिय रन बनाउने पहिलो नेपाली खेलाडी बने
काठमाडौं। दिपेन्द्र सिंह ऐरीले नेपाली क्रिकेट इतिहासमा ठूलो कोसेढुंगा पार गरेका छन् । उनले टि–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका छन् । दिपेन्द्रले जारी त्रिदेशीय टि–२० सिरिजको फाइनलमा पपुआ न्यू गिनीविरुद्ध १ हजार रनको आंकडा पार गरेका हुन् ।
दिपेन्द्रले आज पिएनजीविरुद्ध १३ औं ओभरमा १ हजार रनको आंकडा पार गरे । नेपालको लागि सर्वाधिक टि–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा पूर्वकप्तान पारस खड्का छन् । उनले ७९९ टि–२० अन्तर्राष्ट्रिय रन बनाएका छन् । यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ७४८ र कुशल भुर्तेलले ५७३ रन बनाएका छन् । यी चारै जना खेलाडीले टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरिसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment