बूढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई नदिने मन्त्रिपरिषद् बैठकको निर्णय, अब आफैं बनाउने

डिसी नेपाल
२४ चैत २०७८ २१:५५
676
Shares

काठमाडौं ।सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *