बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै
काठमाडाैं। नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै छ।
हालसम्म छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन्। नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेकाे समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनाल तीन हजार १७५ उनको प्रतिस्पर्धी केदारप्रसाद कोइराला दुई हजार ३४५ रहेको छ। कोषाध्यक्ष भरतबहादुर राउतले तीन हजार ४७५ मत र उहाँको प्रतिस्पर्धी जगतबहादुर कार्कीले दुईहजार १८८ मत प्राप्त गरेका छन्।
मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो। शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने छ भने अन्तिम नजिता पनि आउने छ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो।







डिसी नेपाल








Facebook Comment