सातौँ लमजुङ महोत्सव सुरु

डिसी नेपाल
२५ चैत २०७८ २१:५२
24
Shares

लमजुङ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना’ भन्ने मूल नाराका साथ लमजुङ बेँसीसहर नगरपालिका–७ सहजीमा सातौँ लमजुङ महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने यस लमजुङ महोत्सव आजदेखि सुरु भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महोत्सवको उद्घाटन गर्दै लमजुङको पर्यटक, सामाजिक, आर्थिकलगायत समग्ररूपमा लमजुङको विकासमा महोत्सवले टेवा पु र्‍याउने बताए ।

उनले गण्डकी प्रदेश पर्यटकीय हिसाबले सम्भावना नै सम्भावना रहेको बताएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आउने पर्यटकलाई पर्यटन व्यवसायीले अन्नपूर्ण पदमार्गदेखि गाउँगाउँका होमस्टे, पर्यटकीय तथा ऐतिहासिकस्थलको प्रचारप्रसार गरी पर्यटकको बसाइ लम्बाउँदै आर्थिक आम्दानी गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकता साथ राखेको र प्रदेशको मुख्य समृद्धिको आधार नै पर्यटन रहेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय उत्पादन बढाउँदै लैजान सकेमा गाउँगाउँमा समृद्धि हुने बताए । जिल्लामा हुने यस्ता महोत्सवले लमजुङकै विकासमा सहयोग पु¥याउने भएकाले यसमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

महोत्सव सुरुअघि जिल्लामा रहेका विभिन्न जातजाति तथा समुदायले आफ्ना वेशभूषासहित बेँसीसहर बजारमा झाँक्री तथा ¥याली प्रदर्शन गरेका थिए । जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्ने एवं स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ महोत्वस आयोजना गरको आयोजक सङ्घका अध्यक्ष गुणराज सिलवालले बताए ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको विशेष प्रदर्शनी, कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, फोटो तथा वृत्तचित्र प्रदर्शनी, जातीय एवं सांस्कृतिक सङ्ग्रहालय प्रदर्शनी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.