जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा

डिसी नेपाल
२६ चैत २०७८ ९:०६
36
Shares

जाजरकोट। जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएकाे छ। पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएकाे छ।

दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ।

शुक्रबार कुदुबाट टाइफाइडविरुद्धकाे खोप अभियानको शुभारम्भ गरिएको थियाे। भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गरेका थिए।

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ। जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.