श्रममन्त्रीको तलब खेलमैदान विस्तारका लागि सहयोग

डिसी नेपाल
२६ चैत २०७८ २१:४३
64
Shares

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको भानु नगरपालिका–१२ घलेछापमा खेलमैदान विस्तारका लागि रु ५० हजार सहयोग गरेका छन्। घलेछाप युवा क्लबले निर्माण गरेको खेलमैदान विस्तारका लागि मन्त्री श्रेष्ठले रु ५० हजार सहयोग गरेका हुन् ।

उक्त रकम मन्त्री श्रेष्ठका प्रमुख स्वकीयसचिव जगत् खड्काले क्लबका सचिव कुशल अधिकारीलाई हस्तान्तरण गरे । क्लबका सचिव अधिकारीले मन्त्री श्रेष्ठको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त रकमले खेलमैदान विस्तारका लागि सहयोग पुग्ने बताए। गाउँमा खेलमैदान निर्माण गरी खेलाडी उत्पादन गर्न खेलकुदका गतिविधि सञ्चालन गर्ने क्लबको योजना रहेको उनले बताए ।

मन्त्री श्रेष्ठले आफूले पाउने तलबभत्ता जिल्लाका विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दै गर्दा श्रेष्ठले आफूले तलबभत्ता नलिने घोषणा गरेका थिए । त्यसयता श्रेष्ठले तलबवापतको रकम विभिन्न विद्यालय, सङ्घसंस्था, आमा समूह, खानेपानी योजना, बिरामीलगायतलाई सहयोग गरेको स्वकीयसचिव खड्काले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.