बेलायती प्रधानमन्त्रीले भने-अर्को लकडाउन नहोला भन्न सकिन्न
लन्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन्। जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे। तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए।
शुक्रबार एक अन्तर्वार्तामा उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु। म कुनै कुरालाई इन्कार गर्न सक्दिन। म केही नहोला भन्न सक्दिन। ’ बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment