युरोपेली संघले किभमा आफ्नो दुतावास खोल्यो
काठमाडौं । युरोपेली संघ (इयु) ले युक्रेनको राजधानी कीभमा आफ्नो दूतावास पुनः खोलेको छ । यसअघि रुसको आक्रमणका कारण पोल्याण्डमा सारिएको थियो ।
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् ।
युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहलसँगको वार्तापछि बुरेलले भने कि उनीहरू अर्को ईयू-युक्रेन एसोसिएसन काउन्सिलको गठनको तयारीका साथ अगाडि बढ्न सहमत भएका छन्।
युक्रेनमा इयु प्रतिनिधिमण्डलका प्रमुख म्याटी मासिकासले पनि कीभमा रहेको इयु झण्डाको तस्वीर यहाँ कूटनीतिक नियोगको फिर्ता हुने संकेत गर्दै ट्वीट गरेका छन्।
इटालीले पनि इस्टर सकिएपछि कीभमा आफ्नो दूतावास खोल्ने तयारी गरिरहेको छ। शनिबार इटालीको न्यूज सर्भिस एन्साले विदेशमन्त्री लुइगी मायोलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment