‘रूसले धेरै सैनिक गुमाइसक्यो, अब रिटायर भइसकेका सैनिक भर्ती गर्न चाहन्छ’
काठमाडौं । प्रधानमन्त्री बोरिस जोनसनको किभ भ्रमणपछि बेलायतको रक्षा मन्त्रालयले युद्धमा ठूलो संख्यामा सैनिक गुमाएको रुसले अब अवकाश प्राप्त सैनिकलाई सेनामा फिर्ता ल्याउन चाहेको दाबी गरेको छ ।
बेलायतको रक्षा मन्त्रालयले रुसले सन् २०१२ वा पछि सेवानिवृत्त भएका सैनिक अधिकारीहरूलाई फिर्ता बोलाउन चाहेको बताएको छ ।
मन्त्रालयले यो पनि भनेको छ कि रसियाले युद्धको मैदानमा आफ्नो सेनाको संख्या बढाउन ट्रान्सनिस्ट्रिया, मोल्डोभाको अज्ञात क्षेत्रबाट मानिसहरूलाई भर्ती गर्ने प्रयास गरिरहेको छ।
रुसले युक्रेनमा आक्रमण गरेपछिको युद्धमा कति सैनिक मारिएका छन् भन्ने आधिकारिक रूपमा भने केही बताएको छैन । यद्यपि, गत हप्ता रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले स्वीकार गरे कि “रसियाले आफ्नो सेनाको ठूलो संख्या गुमाएको छ।”
पश्चिमी नेताहरूले युद्धमा अहिलेसम्म ७ देखि १५ हजार रुसी सैनिक मारिएको बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment