हिसानको अध्यक्षमा पुनः सिलवाल
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्य केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे, भेषराज पोखरेल, उपाध्यक्षमा टङ्कराज आचार्य, जीवनप्रकाश शर्मा, उमेश थापा, रामेश्वर अर्याल, डा स्वागत श्रेष्ठ, ईश्वर पोखरेल, धरणीधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी सिलवाल, लोकनाथ उपाध्याय, नारायण उपाध्याय, दीपेन्द्र भण्डारी, डा लालबाबु यादव, बाबुराम पन्त, महासचिवमा लोकबहादर भण्डारी, सचिवमा जयराम खनाल, डा ऋषि तिवारी, राजेन्द्र अधिकारी, तीर्थ पोखरेल, कृष्ण केसी, आरवी अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र जयना र सहकोषाध्यक्षमा नरेन्द्रबहादुर अधिकारीलाई चयन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते सो सङ्घको महाधिवेशनकोे उद्घाटन गरेकी थिइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment